सिंगापुर एयर शो : एयरबसको सैन्य विमानमा चिनियाँ आगन्तुकलाई छिर्न दिइएन
सिंगापुर । सिंगापुरमा सम्पन्न एयर शोमा एयरबसको सैन्य विमानमा चीनबाट आएका आगन्तुकहरूलाई छिर्न नदिएपछि एयरबस विवादमा मुछिएको छ । यो भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको बताइएको छ । यो घटनापछि युरोपेली विमान निर्माता कम्पनी एयरबस र उक्त विमानको मालिक जर्मनीको सेनाको कटु आलोचना भइरहेको छ ।
आलोचना चुलिएपछि एयरबसले आगन्तुकहरूमा उत्पन्न असहजताका लागि माफी मागेको थियो । सिंगापुर एयर सो यस क्षत्रेमा व्यावसायिक र सैन्य विमानको सबै भन्दा ठुलो प्रदर्शनी मध्येमा पर्दछ । भाइरल भिडियो गएको सप्ताहान्तमा चिनियाँ ब्लगरले खिचेर हालेका थिए ।
एयरबसको सक्कली आईडी भिरेकी एक महिलाले ब्लगरलाई उनको राष्ट्रियताबारे सोध्छिन् । ती युवक जर्मन हवाई सेनाको स्वामित्वमा रहेको एयरबस ए४००एम विमानभित्र छिर्न खोजिरहेका थिए । विमान जर्मनीको भएको भन्दै महिलाले राष्ट्रियता चेकजाँच गर्नु पर्ने बताउँछिन् ।
युवकले आफू चिनियाँ भनेपछि महिलाले जर्मन नियम, सेनाको बन्देजभन्दै उनलाई विमानभित्र छिर्न दिन्नन् । अन्य चिनियाँ आगन्तुकहरूले पनि आफूहरूलाई उक्त विमानभित्र छिर्न नदिएको गुनासा गरेका थिए । अर्का एक चिनियाँ ब्लगरलाई जर्मन सेनाका कर्मचारीले भगाएका थिए । यो घटनापछि ती युवकले एयर सो आयोजकहरूकहाँ गुनासो दर्ता गराएका थिए । एयरबसले वेबोमा रहेको आफ्नो आधिकारिक एकाउन्टमा पनि माफी माग्दै एउटा पोस्ट राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण