बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फन रन कार्यक्रम चैत ३ गते

सोमबार, १४ फागुन २०८०, १६ : ४४
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । हाइयर ग्राउन्ड नेपालले फन रन कार्यक्रम आयोजना गर्ने भएको छ । महिला सशक्तिकरणमा टेवा पुर्याउने तथा विपन्न वर्गका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले फन रन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

फन रन कार्यक्रम आगामी चैत ३ गते विहान ७ बजे जाउलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा आयोजना हुनेछ । फन रन कार्यक्रममा एक हजार पाँच सयभन्दा बढीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । फन रन कार्यक्रममा कुनै पनि उमेरका ब्यक्तिले सहभागिता जनाउन पाउने बताइएको छ । फन रन कार्यक्रमका सहभागीलाई एकता र समावेशीताको भावनामा दौडन वा हिँडन प्रोत्साहित गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा दौडवाहेक विभिन्न रमाइला कार्यक्रम पनि समावेश गरिएको छ । कार्यक्रममा सहभागिता जनाउन पाँचसय रुपमा शुल्क निर्धारण गरिएको पनि आयोजकले जनाएको छ । विगतमा जस्तै यसपटक पनि फन रन कार्यक्रममार्फत सीमान्तकृत वर्गका बालबालिकाको छात्रवृत्ति तथा महिला सशक्तिकरण कार्यक्रममा सहयोग गर्ने लक्ष्य आयोजकले लिएको छ ।

कार्यक्रमको सदभावनादूतका रुपमा चर्चित धावक रशिला तामाङ रहेकी छन् । सन् २०१५ मा फन रनमार्फत दौड यात्रा सुरु गरेकी रशिला सन् २०२३ मा एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप