यतिबेला बैंकलाई सबैको साथ र सहयोग चाहिएको छ : अध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले यतिबेला बैंकहरुलाई सबैको साथ र सहयोग चाहिएको बताएका छन् । पछिल्लो समय बैंक तथा वित्त कम्पनीहरूमाथि चौतर्फी प्रहार भइरहेको अवस्थामा सञ्चार माध्यम, सरोकारवाला निकाय, विज्ञ तथा सरकार सबैको साथ चाहिएको केसीले बताए ।
‘बैंकको ऋण तिर्न हुँदैन भन्ने जस्ता गलत गतिविधि चलिरहेको छ । त्यति मात्र नभएर पछिल्लो पटक कुनै बैंकको माथि नियोजित रूपमा नै लगातार आक्रमण शुरु भएको छ । आर्थिक सूचकहरू राम्रो हुँदाहुँदै, पारदर्शी हुँदाहुँदै बैंकमाथि गलत अफवाह फैलाउनु गम्भीर छ । यस्तो स्थितिमा हामीलाई सबैको साथ र सपोर्ट चाहिएको छ’ केसीले भने ।
‘हाल बैंकहरुको औसत खराब कर्जाको दर ३.४० प्रतिशत रहेकोमा खुद एनपीएल दर जम्मा १.१३ प्रतिशत मात्र छ । यो दक्षिण एसियाली देशहरूको तुलनामा सबैभन्दा कम हो । र पनि बैंकहरुमाथि यहीँ एउटा सूचक देखाएर बरबाद भयो भन्ने जस्ता खबरहरू प्रचार प्रसार गरिरहेको छ । यो गलत छ’ उनले भने ।
खराब कर्जाको सुरक्षका लागि बैंकहरुले प्रयाप्त प्रोभिजनिङ गरेको बताउँदै बैंकहरु कुनै पनि हालतमा कमजोर नरहेको उनले बताए । त्यसो त बैंकहरु नडुबुन् भनेर नै केन्द्रीय बैंकले एनपीएल–प्रोभिजनिकको व्यवस्था ल्याएको गभर्नर अधिकारीले बताए ।
नेपालका बैंकहरुको कुनै पनि मानेमा कमजोर र धराशायी नहुन् भनेर नै केन्द्रीय बैंकले मर्जर नीति ल्याएको हो । धेरै बैंक तथा वित्तीय कम्पनीको पुँजी एक ठाउँमा ल्याएर बलियो बनाउने केन्द्रीय बैंकको नीति थियो’ गभर्नर अधिकारीले भने, ‘साथै खराब कर्जाको सुरक्षण बैंकहरु कमजोर स्थितिमा नपुगुन् भनेर नै प्रोभिजनिङको व्यवस्था केन्द्रीय बैंकले गरेको हो । बरु नाफा नबाड तर बैंकलाई बलियो बनाउ भनिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण