सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर
काठमाडौँ । सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।
सोही मुद्दामा प्रहरीले बास्तोलाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिम कैद र जरिवानाको मागदावी लिई मुद्दा दायर गरेको थियो । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने देखिँदा देखिँदै अपनाउनुपर्ने सावधानी नअपनाई सवारी ज्यान मरेमा त्यसलार्य लापरबाही मानिने र त्यसरी सवारी चलाउनेलाई ३ देखि १० वर्षसम्म कैद र ३ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
तर अदालतले भने ऐनको दफा १६१ को उपदफा ३ बमोजिमको कसुर ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना गरेको हो । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने नदेखिएको अवस्थामा सवारी चलाउँदा दुर्घटना भई ज्यान मरेमा १ वर्षसम्म कैद र २ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बास्तोलालाई १ वर्ष कैद सजाय हुने व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण