रातो बलप्रति आकर्षण घट्दै गएपछि टेस्ट क्रिकेटरको सुविधा बढाउँदै बीसीसीआई
काठमाडौँ । क्रिकेटमा रातो बलप्रति खेलाडीहरूको आकर्षण घट्दै गएपछि चिन्तित बनेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटरहरूलाई दिइने सेवा–सुविधामा वृद्धि गर्ने योजना बनाएको छ ।
बीसीसीआईले टेस्ट क्रिकेटप्रति आकर्षण बढाउने उद्देश्यले टेस्ट क्रिकेटरलाई दिइने म्याच फी (प्रतियोगिता खेलेबापत पाउने शुल्क) मा वृद्धि गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।
पछिल्लो समय क्रिकेटरहरू लामो ढाँचाको प्रतियोगिताभन्दा पनि फ्रेन्चाइज प्रतियोगितातर्फ बढी आकर्षित भएको देखिन्छ । फ्रेन्चाइज क्रिकेट खेल्दा राम्रो पैसा पाइने भएकाले यसतर्फ खेलाडीको झुकाव बढेको निष्कर्ष बीसीसीआईले निकालेको छ ।
टेस्ट प्रतियोगिताहरू खेलाडीको रोजाइमा पर्न छाडेपछि पछिल्लो समय विश्वभरका क्रिकेट सङ्घहरू चिन्तित बनेका छन् । क्रिकेट खेलको मेरुदण्ड मानिने टेस्टलाई जोगाउन उनीहरू विभिन्न उपायको खोजीमा लागेका छन् ।
त्यसैले बीसीसीआईले पनि टेस्ट क्रिकेटरको म्याच फिमा उल्लेख्य वृद्धि गर्ने योजना अगाडि सारेको हो । यसका अतिरिक्त बीसीसीआईले टेस्ट खेलाडीको पारिश्रमिक बढाउने तयारी पनि अगाडि बढाएको छ ।
हाल बीसीसीआईले एक टेस्ट खेलेबापत खेलाडीलाई १५ लाख रुपैयाँ म्याच फी उपलब्ध गराउँदै आएको छ । प्रत्येक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेबापत भारतीय खेलाडीले ६ लाख रुपैयाँ पाउँछन् भने एउटा टी–२० अन्तर्राष्ट्रिय खेल्दा तीन लाख भारतीय रुपैयाँ म्याच फी प्राप्त गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण