४ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका-४ कालीपुलस्थित नहरमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्र बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान एवम् सोधपुछको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी जुम्लाको गुठिचौर गाउँपालिका-२ बस्ने ५६ वर्षीय मुन बहादुर बुढा सोही ठाउँस्थित कुडिसेन्टर खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ तम्बे बस्ने ३७ वर्षीय लक्ष्मी राज लिम्बु पनि सोही ठाउँस्थित सल्ले जंगलको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क पछाडि नारायणी नदीको तिरमा तनहुँ देवघाट गाउँपालिका-५ बस्ने ५१ वर्षीया सारदा पौडेल मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण