बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

मङ्गलबार, १५ फागुन २०८०, २० : ४६
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका-४ कालीपुलस्थित नहरमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्र बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान एवम् सोधपुछको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी जुम्लाको गुठिचौर गाउँपालिका-२ बस्ने ५६ वर्षीय मुन बहादुर बुढा सोही ठाउँस्थित कुडिसेन्टर खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ तम्बे बस्ने ३७ वर्षीय लक्ष्मी राज लिम्बु पनि सोही ठाउँस्थित सल्ले जंगलको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क पछाडि नारायणी नदीको तिरमा तनहुँ देवघाट गाउँपालिका-५ बस्ने ५१ वर्षीया सारदा पौडेल मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप