स्थानीय सवाल : कसरी सेवा दिँदै छ काठमाडौँ महानगरपालिका वडा नम्बर १ ?
काठमाडौँ । स्थानीय तहका रूपमा शासन सञ्चालनको तल्लो तह विधिवत् रूपमा अस्तित्वमा आइसकेपछि नागरिकहरूले स्थानीय तहबाटै विभिन्न सेवा लिइरहेका छन् । यसमा सबैको मान्यता भनेको स्थानीय तहमा बसोबास गर्ने नागरिकले सेवा–सुविधा र विकासका लाभको अनुभूति गरी रहनु हो ।
तर, विभिन्न संस्थागत क्षमताबिच अगाडि बढिरहेका तल्लो संघीय शासकीय एकाइका रूपमा रहेका स्थानीय तहले के–कस्ता सम्भावनाको प्रयोग गरिरहेका छन् ? नागरिकको अपेक्षा पूरा भएका छन् वा छैनन् ? यिनै प्रश्नको खोजी गर्न हामीले रातोपाटीमार्फत ‘स्थानीय सवाल’कार्यक्रमको सुरुवात गरेका छौँ । सार्वजनिक सेवा सम्बन्धमा स्थानीय तहको वर्तमान अवस्था कस्तो छ ? कसरी सेवा प्रवाह भइरहेको छ र वडा–वडा तहमा सेवा लिने सेवा ग्राहीहरूको प्रतिक्रिया के छ ? कार्यक्रममा यी र यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास यो कार्यक्रममार्फत गरिएको छ ।
कार्यक्रमको पहिलो शृङ्खलामा काठमाडौँ महानगरपालिका वडा नं. १ लाई समेटिएको छ । काठमाडौँको मुटुमा अवस्थित काठमाडौँ वडा नं. १, विकास र पूर्वाधारका हिसाबले अगाडि देखिन्छ । नागपोखरी, नक्साल चौर, कमल पोखरी, नारायणहिटी दरबारलगायत अधिकांश खुला स्थानहरू रहेको यो वडा व्यावसायिक क्षेत्रका रूपमा पनि चिनिने गरेको छ ।
एमालेबाट निर्वाचित भरतलाल श्रेष्ठ यो वडाको अध्यक्ष रहेका छन् । श्रेष्ठ नेतृत्वको वडामा कसरी काम भइरहेको छ र जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचको समन्वय कस्तो छ र सेवाग्राहीले कसरी सेवा पाइरहेका छन् भन्ने लगायतका विषयमा तयार गरिएको भिडियो सामग्री:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण