सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सवाल : कसरी सेवा दिँदै छ काठमाडौँ महानगरपालिका वडा नम्बर १ ?

बुधबार, १६ फागुन २०८०, १० : १२
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । स्थानीय तहका रूपमा शासन सञ्चालनको तल्लो तह विधिवत् रूपमा अस्तित्वमा आइसकेपछि नागरिकहरूले स्थानीय तहबाटै विभिन्न सेवा लिइरहेका छन् । यसमा सबैको मान्यता भनेको स्थानीय तहमा बसोबास गर्ने नागरिकले सेवा–सुविधा र विकासका लाभको अनुभूति गरी रहनु हो ।

 तर, विभिन्न संस्थागत क्षमताबिच अगाडि बढिरहेका तल्लो संघीय शासकीय एकाइका रूपमा रहेका स्थानीय तहले के–कस्ता सम्भावनाको प्रयोग गरिरहेका छन् ? नागरिकको अपेक्षा पूरा भएका छन् वा छैनन् ? यिनै प्रश्नको खोजी गर्न हामीले रातोपाटीमार्फत ‘स्थानीय सवाल’कार्यक्रमको सुरुवात गरेका छौँ । सार्वजनिक सेवा सम्बन्धमा स्थानीय तहको वर्तमान अवस्था कस्तो छ ? कसरी सेवा प्रवाह भइरहेको छ र वडा–वडा तहमा सेवा लिने सेवा ग्राहीहरूको प्रतिक्रिया के छ ? कार्यक्रममा यी र यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास यो कार्यक्रममार्फत गरिएको छ ।   

कार्यक्रमको पहिलो शृङ्खलामा काठमाडौँ महानगरपालिका वडा नं. १ लाई समेटिएको छ । काठमाडौँको मुटुमा अवस्थित काठमाडौँ वडा नं. १, विकास र पूर्वाधारका हिसाबले अगाडि देखिन्छ । नागपोखरी, नक्साल चौर, कमल पोखरी, नारायणहिटी दरबारलगायत अधिकांश खुला स्थानहरू रहेको यो वडा व्यावसायिक क्षेत्रका रूपमा पनि चिनिने गरेको छ ।

एमालेबाट निर्वाचित भरतलाल श्रेष्ठ यो वडाको अध्यक्ष रहेका छन् । श्रेष्ठ नेतृत्वको वडामा कसरी काम भइरहेको छ र जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचको समन्वय कस्तो छ र सेवाग्राहीले कसरी सेवा पाइरहेका छन् भन्ने लगायतका विषयमा तयार गरिएको भिडियो सामग्री:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप