मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु
बुधबार, १६ फागुन २०८०, १० : ३२
केनिएबा । मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । यो घटना मंगलबार साँझ ५ बजेतिरको हो । केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो ।
यो घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यी मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
मालीमा सडक दुर्घटना सामान्य जस्तै बनेको छ । सडक र सवारी साधनको खराब अवस्था, ओभरलोड र कमजोर सडक नियमन आदि कारणले बेला बेलामा दुर्घटना हुने गरेका छन् । यो महिनाको सुरुमा राजधानी बामाकोतर्फ गइरहेको बस ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण