मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु
बुधबार, १६ फागुन २०८०, १० : ३२

केनिएबा । मालीमा बस पल्टिएर पुलबाट झर्दा ३१ जनाको मृत्यु भएको छ । यो घटना मंगलबार साँझ ५ बजेतिरको हो । केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए नदीमाथिको पुलबाट झरेको थियो ।
यो घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यी मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
मालीमा सडक दुर्घटना सामान्य जस्तै बनेको छ । सडक र सवारी साधनको खराब अवस्था, ओभरलोड र कमजोर सडक नियमन आदि कारणले बेला बेलामा दुर्घटना हुने गरेका छन् । यो महिनाको सुरुमा राजधानी बामाकोतर्फ गइरहेको बस ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स