एमाले सरकार फेर्ने खेलमा छैन : अध्यक्ष ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको बताएका छन् । एमाले अहिले मिसन ८४ मा लागेको उनले बताए । विराटनगर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न मिसन ८४ नाम दिएको पनि बताएका छन् ।
‘राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई आशामा बद्लनका लागि पनि हामीले मिसन ८४ भनेका हौ ’उनले भने । प्राकृतिक स्रोत साधन भएको देशलाई विकासको बाटोमा अगाडी बढाउनुपर्नेमा गठबन्धनको दम्भले अहिलेको सरकारले नसुने उनको आरोप थियो ।
अध्यक्ष ओली कांग्रेस प्रति भने आक्रामक बनेका छन् । कांग्रेस सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको उनको आरोप रहेको छ । ‘तपाइहरूले खोजे जस्तो छैन । पहिलाको जस्तो काँग्रेस तपाइहरूले खोजेर भेटिँदैन । कांग्रेसमा त्यो प्रकारको सोच विकास भएको पनि छैन’ उनले भने ।
ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिँदै भने 'यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ भिज्यो भने पनि फुट्छ । कांग्रेसले विधान संशोधन गर्ने भनेर महासमितिबाट पास गरेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले यतिकै कांग्रेसले ब्ल्याक फायर गरेको बताएका छन् । के हिसाबले विधान संशोधन गर्ने भन्ने थाहा नभई ब्ल्याक फायर गरेको उनको भनाइ रहेको छ । ‘संविधान संशोधन गर्नका लागि कुन कुन विषयमा ? के केका लागि भन्ने कुरा चाहिन्छ,’ उनले प्रश्न गरे उसको ८७ सिटले संविधान संशोधन हुन्छ ?’
प्रतिगमनका लागि कांग्रेसलाई साथ दिन नसकिने उनको भनाइ रहेको छ । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप रहेको छ । ‘जनवादी प्रगतिशील भएर अगाडि बढ्नु पर्ने ठाउँमा कांग्रेस पछाडि सरिरहेका उनको आरोप छ । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि काँग्रेसले राष्ट्रपति देऊ अरू सबै लैजाऊ भनेर भन्यो । राष्ट्रपति पाएपछि उ उत्ताउलिएको छ । किन उत्ताउलिएको हो । त्यो थाहा छैन । आफ्नो हैसियत पनि काँग्रेस बुझ्दैन,’ उनले भने ।
भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने उनी बताउँछन् । अदालतमा झन्डा हल्लाएर मन्त्रीहरू बयान दिन जाने अनि आएर धाक लगाउने गरेको ओलीको भनाइ रहेको छ । शेर बहादुर तामाङ, गोकुल वास्कोटा हरि पराजुली सामान्य मुद्दामा कुरा उठेपछि राजीनामा दिएको भन्दै उनले अहिलेका मन्त्रीहरूले पनि राजीनामा दिनु पर्ने बताए ।
आफ्नै क्याबिनेटले बनाएको समितिले दोषी ठहर गर्दा समेत राजीनामा नदिई अहिलेका मन्त्रीहरू निर्लज्ज भएर भएर हिँड्ने गरेको उनको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण