जन्मदर बढाउन नवविवाहितलाई ७ लाख युआनको लटरीको टिकट
बेइजिङ । यतिबेला चिनियाँ अधिकारीहरूको सबैभन्दा टाउँको दुखाईको विषय जन्मदर कसरी बढाउने भन्ने छ । जन्मदर उकास्न अधिकारीहरुले अनेकौं उपायहरू अपनाइरहेका छन् । सन् २०२३ मा चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको थियो ।
सन् २०१६ को तुलनामा नयाँ जन्म घटेर सो अवधिमा करीब आधामा आएको थियो । सन् २०२२ मा विवाह कीर्तिमानी न्यून स्तरमा ओर्लिएको थियो । चीनमा अविवाहित महिलाहरुलाई शिशु स्याहार भत्ता दिइदैंन । यस्तोमा विवाहका लागि प्रेरित गर्न सियान नगरले मार्च १ देखि विवाहको प्रमाण पत्र बुझाउने जुनसुकै जोडीलाई दोहोरो ‘सरप्राइज’को रुपमा एउटा लटरी टिकट दिने भएको छ ।
यसमा हरेक जोडीले ७ लाख युआन पाउनेछन् । यो अभियान नोभेम्बर ३० सम्म रहनेछ । बच्चा हुर्काउन विश्वको सबैभन्दा महँगो देशमध्येमा पर्दछ चीन । त्यहाँ लैंगिक विभेद कायमै छ । सन्तान हुर्काउन लाग्ने उच्च लागत, विवाह गर्ने अनिच्छा र करियर नै बिट मार्ने बस्नु पर्ने स्थितिका कारण सन्तानोत्पादनप्रति महिलाको रुची घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण