शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राजेन्द्र महतोलाई जसपा नेताको साथ

बुधबार, १६ फागुन २०८०, १४ : ४१
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू पनि सहभागी भएका छन् ।

आफ्नो छेउमा जसपाका नेताहरू राखेको तस्बिर उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । तस्बिरमा उनले जसपाका केन्द्रीय सदस्यहरू रामबच्चन यादव, ओमप्रकाश यादव (गुल्जारी) र ओमप्रकाश यादव, रामनरेश राय यादवलाई आफ्नो साथमा राखेका छन् ।

जसपा लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष रामअवतार यादवका अनुसार ओमप्रकाश यादव (गुल्जारी)ले जसपाको केन्द्रीय सदस्यबाट राजीनामा दिइसकेका छन् । रामबच्चन यादव र ओमप्रकाश यादव भने अझै पार्टीमा छन् । अभियानका लागि तीनदेखि काठमाडौँमा चलेको प्रशिक्षण कार्यक्रममा पनि उनीहरू सहभागी थिए ।

जसपाबाट लोसपा अलग हुँदा रामनरेश राय यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए । तर २०७९ को प्रदेश सभा चुनावमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावमा पराजित भएपछि उनी पार्टीमा निष्क्रिय थिए । 

लोसपाबाट विद्रोह गरेका महतोले नयाँ पार्टी बनाउने तयारी पनि सुरु गरेका छन् । वैशाख–जेठ महिनाभित्र नयाँ पार्टीको घोषणा हुने नेता महतो निकट नेताहरू बताउँछन् । उनले आफ्नो पार्टीमा जसपामा असन्तुष्ट रहेका नेताहरूलाई तान्ने प्रयासमा लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप