थुनामुक्त
संसद् भवन प्रवेश गरेका लघुवित्तका ४९ जना ऋणी रिहा
बिहीबार, १७ फागुन २०८०, १७ : ५३

काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले छाडेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले रातोपाटीलाई बताए ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम रहेको उपत्यकाका नदीको अनुगमनमा मन्त्री
-
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर