थुनामुक्त
संसद् भवन प्रवेश गरेका लघुवित्तका ४९ जना ऋणी रिहा
बिहीबार, १७ फागुन २०८०, १७ : ५३
काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले छाडेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले रातोपाटीलाई बताए ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण