बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनको सरगर्मी : रास्वपाका ६ सांसद इलाम जाँदै

बिहीबार, १७ फागुन २०८०, २२ : ३८
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । वैशाख १५ गतेका लागि इलाम २ मा उपनिर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ । यहीक्रममा रास्वपाका ६ सांसद इलाम जाने भएका छन् । 

जसअनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल  माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा परिचालित हुनेछन् ।   इलाममा रहँदा सबै सांसदले स्थानीयसँग भेटघाट र छलफल गर्ने रास्वपाले जनाएको छ । 

रास्वपाका अनुसार उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किनेछन् ।  रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप