परराष्ट्रमन्त्रीलाई पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?
काठमाडौँ । एमालेका सांसद रघुजी पन्तले नेपाल र नेपालका प्रधानमन्त्रीलाई भारतका पूर्व जनरल अशोक मेहताले अपमानजनक आलेख लेखेकोमा आपत्ति जनाएका छन् । मेहताले नेपालको चीनसँग जोडिएका धेरै जिल्लामा सीमा मिचिएको, वर्तमान गठबन्धन सरकार भारतका लागि उपयुक्त भएको आलेखमा लेखिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
‘मेहताको आलेख नेपाल र नेपालीका लागि आपत्तिजनक छ । भारतले अहिलेको गठबन्धन ठिक भएको र चीनसँगको सम्झौता रोकेर राखेको, भारतका लागि राम्रो गरेको छ । अहिले प्रचण्ड भारतका लागि उपयुक्त पात्र छन् । तबेलामा राखिएका देउवा भविष्यका लागि उपयुक्त छन् । भनेर लेखिएका छन् । मेरो प्रधानमन्त्री प्रचण्डसँग सयौँ मतभेद होलान् । देउवासँग सयौँ मतभेद होलान् । हाम्रा प्रधानमन्त्रीलाई विदेशीले अपमानजनक ढंगबाट लेखिँदा परराष्ट्रमन्त्रीले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ?’, शुक्रवार संसदमा उनले बोलेका छन् ।
चीनले उत्तरी जिल्ला दार्चुला, मुस्ताङ, गोरखा, रसुवा र सोलुखुम्बुमा नेपालको सिमाना मिचिएको भनेर लेखेको भन्दै यस विषय साँचो हो कि झुटो हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन् ।
२७ फेब्रुअरीमा एक अनलाइन पोर्टलमा ‘इन्डिया इज द राइट ट्र्याक इन द नेपाल’ शीर्षकमा उक्त आलेख रहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण