परराष्ट्रमन्त्रीलाई पन्तको प्रश्न : मेहताले बहालवाला प्रधानमन्त्री र नेपालको अपमान गर्दा समेत किन मौन ?

काठमाडौँ । एमालेका सांसद रघुजी पन्तले नेपाल र नेपालका प्रधानमन्त्रीलाई भारतका पूर्व जनरल अशोक मेहताले अपमानजनक आलेख लेखेकोमा आपत्ति जनाएका छन् । मेहताले नेपालको चीनसँग जोडिएका धेरै जिल्लामा सीमा मिचिएको, वर्तमान गठबन्धन सरकार भारतका लागि उपयुक्त भएको आलेखमा लेखिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
‘मेहताको आलेख नेपाल र नेपालीका लागि आपत्तिजनक छ । भारतले अहिलेको गठबन्धन ठिक भएको र चीनसँगको सम्झौता रोकेर राखेको, भारतका लागि राम्रो गरेको छ । अहिले प्रचण्ड भारतका लागि उपयुक्त पात्र छन् । तबेलामा राखिएका देउवा भविष्यका लागि उपयुक्त छन् । भनेर लेखिएका छन् । मेरो प्रधानमन्त्री प्रचण्डसँग सयौँ मतभेद होलान् । देउवासँग सयौँ मतभेद होलान् । हाम्रा प्रधानमन्त्रीलाई विदेशीले अपमानजनक ढंगबाट लेखिँदा परराष्ट्रमन्त्रीले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ?’, शुक्रवार संसदमा उनले बोलेका छन् ।
चीनले उत्तरी जिल्ला दार्चुला, मुस्ताङ, गोरखा, रसुवा र सोलुखुम्बुमा नेपालको सिमाना मिचिएको भनेर लेखेको भन्दै यस विषय साँचो हो कि झुटो हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन् ।
२७ फेब्रुअरीमा एक अनलाइन पोर्टलमा ‘इन्डिया इज द राइट ट्र्याक इन द नेपाल’ शीर्षकमा उक्त आलेख रहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय