आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सुशासनको हल्लामात्रै बढी गर्‍यो : महासचिव पोखरेल

शुक्रबार, १८ फागुन २०८०, १४ : ४९
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताएका छन् । 

जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको दाबी गरे । उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको बताए । 

उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । उनले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जनाा गरेको बताए । उनले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको समेत बताए । 

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाए ।  एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप