शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अब कर्णालीको पानी लम्की चुहावासीको घरदैलोमा !

शुक्रबार, १८ फागुन २०८०, १६ : ४९
शुक्रबार, १८ फागुन २०८०

धनगढी । अब कर्णाली नदीको पानी लम्की चुहावासीको घर आँगनमा पुग्ने भएको छ ।  कर्णाली नदीको पानी अब कैलालीको लम्की चुहा नगरपालिकावासीको चुल्होचौकोसम्म पुयाउने कार्य अगाडि बढेको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीको ७० प्रतिशत, लम्की चुहानगरपालिकाको ५ प्रतिशत र बाँकी २५ प्रतिशत आमउभोक्ताको गरी ९० करोडको लागतमा लम्की चुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना बन्ने भएको हो । 

आयोजनाको शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । 

आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भने, ‘यहाँ खानेपानी आयोजना नभएको होइन । तर केही समस्या आउने भएको कारणले कर्णालीको पानी ल्याइ लम्कीवासी स्वच्छ खानेपानी पु¥याउने हुँदा यो आयोजना ल्याइएको हो ।’ 

१३ हजार घरधुरी लाभान्वित हुने आयोजनालाई दुई खण्डमा निर्माण गरिने भएको छ । पहिलो खण्डको निर्माणको लागि आज शिलान्यास भएको जनाइएको छ ।

लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेका अनुसार पहिलो चरणको निर्माणको लागि १४ करोड ७७ लाख ९६ हजार १२७ रुपैयाँमा टेन्डर भई निर्माणको कार्य अगाडि बढाइएको हो ।

पहिलो चरणमा आयोजनाको लागि ५ वटा सब बेल, साढे ४ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, ३५ सय मिटर मेनलाइन पाइप विस्तारको कार्य हुनेछ । त्यस्तै, साढे ४ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी र आयोजनाको कार्यालय भवन निर्माण कार्य पहिलो चरणमा गरिने संस्थाका अध्यक्ष चलाउनेले जानकारी दिए ।  

आयोजनाको दोस्रो खण्ड निर्माणको कार्य पनि अगाडि बढ्ने जनाइएको छ । केही महिनामै टेण्डर आह्वान भई कार्य अगाडि बढाइने बताइएको छ ।

आयोजनाको दोस्रो खण्ड अन्तरगत २ वटा ओभरहेड ट्यांकी निर्माणसँगै उपभोक्ताको घर घरमा पाइपलाइन विस्तारको कार्य हुने जनाइएको छ ।

लम्कीस्थित बल्चौर मुक्तकमैया बस्ती र बादी बस्तीको लागि २ लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिने वितरणको कार्य थाल्ने बताइएको छ ।

आयोजनाको पहिलो खण्डको कार्य १८ महिनामा पूरा हुने र दोस्रो खण्डको कार्य टेण्डर आह्वानपछि मात्रै यकिन हुने बताइएको छ ।

आयोजनाले स्थानीयमा खुसीयाली

खानेपानी आयोजना बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । वषौंपछिको मेहनतले साकार रूप लिन थालेको भन्दै स्थानीय हर्षित भएका हुन् ।

लम्की चुहानगरपालिका ३ का वडाध्यक्ष लव बहादुर शाहीले जनताले पानी दिने समस्या पुरा भएको बताए । उनले सबै मिलेर आयोजनालाई मुर्तरुप दिनमा लाग्नुपर्ने बताए । त्यस्तै, लम्की चुहा नगरपालिका १ का वडाध्यक्ष नेत्र प्रसाद खनालले आफूहरुको लामो समयको मेहनतले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कर्णालीको पानी लम्की वासीलाई खुवाउनुपर्छ भनेर लागियो । ३ पटकसम्म त सर्वे नै गरियो । जे होस ढिलै पनि परियोजना आयो । यसमा सबैको प्रयास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप