शनिबार, ०१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

शुक्रबार, १८ फागुन २०८०, २० : ५४
शुक्रबार, १८ फागुन २०८०

पोखरा । पोखरामा प्रहरी बनेर ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ६ लेकसाइडबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा पोखरा ६ शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र फूलबारी बस्ने २१ वर्षका विवेक ठाकुर छन् । उनीहरुले रक्सी पिएर आफूहरू प्रहरी भएको भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ । ‘हामीहरू प्रहरीको ठुलै व्यक्ति हौ भन्दै वाकिटाकी समेत देखाएका भेटियो,’ प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘स्थानीयहरूलाई डर त्रास र धम्की दिएको गुनासो आएपछि पक्राउ गरिएको हो ।’

उनीहरूको साथबाट १ सेट वाकिटाकी बरामद गरिएको छ । सम्झाउन खोज्दा ड्युटीमा रहेका प्रहरीलाई नै अभद्र व्यवहार गरेको रानाले बताए । उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिन म्याद थपेर अनुसन्धान थालिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप