शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले भारतीय पर्यटकलाई अपराधीजस्तो व्यवहार गर्‍यो : मुख्यमन्त्री यादव

शुक्रबार, १८ फागुन २०८०, २२ : ०४
शुक्रबार, १८ फागुन २०८०

बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय पर्यटकहरुलाई संघीय सरकारले अपराधीजस्तो व्यवहार गरेको बताएका छन्  । जीतपुर सिमरा महोत्सव २०८० को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री यादवले भारतीय नम्बर प्लेटको गाडी देख्नासाथ स्थानीय प्रहरी प्रशासनले भारतीय पर्यटकलाई अपराधीजस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे ।

‘मधेश प्रदेशमा सबैभन्दा धेरै फाइदा हुने चिज भनेको पर्यटन व्यवसाय हो, त्यो पर्यटक भारतबाट आउँछ तर एउटा इण्डियन गाडी तपाई भित्र्याउनुस् २ घन्टा भन्सारमा रोकिदिन्छ, पथलैयासम्म आउनुपर्यो भने १० ठाँउमा ट्राफिक चेकिङ्ग गर्र्छ’ मुख्यमन्त्री यादवले भने  ‘भारतीय पर्यटकहरुका लागि सय रुपैयाँ भन्दा माथिको नोट लिएर आउन नपाउने र एउटा व्यक्तिले २५ हजारभन्दा धेरै बोक्न नपाउने नियम भएपछि, २५ हजार बोकेर कहीं पर्यटक आउँछ नेपाल घुम्न ?’

मुख्यमन्त्री यादवले नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई एकसाता सम्म निर्वाध रुपमा घुम्न पाउने व्यवस्था गर्न संघीय सरकारसँग माग गरे ।  ‘म यहीबाट संघीय सरकारलाई अनुरोध गर्न चाहन्छु, मधेशका छोटी भन्सारमा भारतीय पर्यटकका गाडीलाई एक हप्ताका लागि भन्सार नलिनुस्, तपाईलाई भन्सार चाहियो भने एक हप्ताको भन्सारको पैसा प्रदेश सरकारले तिर्न तयार छ’ मुख्यमन्त्री यादवले भने–‘भारतीय पर्यटकलाई  भन्सारमा सटहीको व्यवस्था गर्नुस्, त्यसपछि हेर्नुहोस् ६ महिनामा मधेश प्रदेशको मुहार फेरिन्छ ।’

कार्यक्रममा मुख्यमन्त्री यादवले संघमा जुनसुकै पार्टीको सरकार भएपनि मधेशप्रति विभेद भइरहेको आरोप लगाएका छन् । ‘हिजो केपी ओली, शेरबहादुर देउवाको सरकार आएन कि आज प्रचण्डको सरकार छ, जुन सरकार भएपनि मधेशलाई विभेद गरेकै हो, कसैले मधेशप्रति माया गरेको छैन खाली मुखले भन्ने हो’ मुख्यमन्त्री यादवले भने ।

उनले ६५ लाख जनसंख्या भएको मधेश प्रदेशलाई संघ सरकारले १३ अर्ब बजेट छुट्याएको तर १२÷१३ लाख जनसंख्या भएको कर्णालीमा १७ अर्ब बजेट दिएको भन्दै संघीय सरकारको कार्यशैलीको विरोध गरेका छन् । 

सघीय सरकारबाट खटिएका कर्मचारीहरु मधेश प्रदेशका जिल्लाहरुमा कमाउने उद्देश्यले मात्रै आएको मुख्यमन्त्री यादवको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप