प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच बालुवाटारमा भेट, के भयो कुराकानी ?
शनिबार, १९ फागुन २०८०, ०९ : २०

काठमाडौँ । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् । बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।
पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेकोसम्मका चर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेको बताइएको छ । यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
-
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक : आज अर्थमन्त्री पौडेलले जवाफ दिने
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल