विवाहको कारण देखाउँदै लोसपाले सार्यो केन्द्रीय समितिको बैठक
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक सारेको छ । महोत्तरीको बर्दिबासमा बस्ने गरी फागुन २७ गतेदेखि २९ गतेसम्मका लागि तय गरिएको बैठक फागुन ३० गतेदेखि चैत २ गतेसम्मका लागि सारिएको लोसपाका केन्द्रीय सचिव मनिष मिश्रले जानकारी दिएका हुन् ।
फागुनमा विवाहका लगनहरू भएकाले कारण यो बैठक सारिएको उनले बताए । लोसपाबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेपछि बस्न लागेको यो पहिलो बैठक हो ।
यसअघि मङ्सिर २४ गते केन्द्रीय समितिको बैठक बसेको थियो । सो बैठक राजेन्द्र महतोले बहिष्कार गरेका थिए । केन्द्रीय समिति तथा पदाधिकारी चयनलाई संशोधन नगरेको कारण देखाउँदै उनले बैठक बहिष्कार गरेका थिए ।
बैठक बहिष्कार गरेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग उनको दुरी बढ्दै गयो । अन्ततः महतोले लोसपा नै छाडेका छन् । महतोले लोसपा छाडेपछि बस्न लागेको यो बैठकले के निर्णय लिन्छ सबैको प्रतीक्षाको विषय बनेको छ ।
पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाएको सचिव मिश्रले बताए । पार्टीको संगठन सुदृढीकरणका लागि लोसपाले विभिन्न कार्यदल बनाएको थियो ।
ती कार्यदलले आफ्ना प्रतिवेदन पनि तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी पनि भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण