शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युरिया मल बोकेको ट्रकसहित २ जना पक्राउ

शनिबार, १९ फागुन २०८०, २० : ००
शनिबार, १९ फागुन २०८०

रौतहट । रौतहटमा रासायनिक मल बोकेको ट्रकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको  टोलीले फतुवा विजयपुर नगरपालिका ८ विजयपुर  बजार चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना३ख ४६८० नम्बरको ट्रकमा अवैध रूपमा  ल्याइएको ६९ बोरा रासायनिक (युरिया) मल बरामद भएको प्रहरीले जनाएको छ।

सो मल ४८ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको भनाई छ ।  मलसहित ट्रक र चालक  चितवन टाँडी नगरपालिका १३ बस्ने  ५६ वर्षीय सुनिल दरै र ट्रक धनी सोही ठाउँका ५३ वर्षीय गोविन्द भुजेललाई पनि पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

बरामद मल, ट्रक र पक्राउ परेका दरै र भुजेललाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप