युरिया मल बोकेको ट्रकसहित २ जना पक्राउ
शनिबार, १९ फागुन २०८०, २० : ००
रौतहट । रौतहटमा रासायनिक मल बोकेको ट्रकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको टोलीले फतुवा विजयपुर नगरपालिका ८ विजयपुर बजार चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना३ख ४६८० नम्बरको ट्रकमा अवैध रूपमा ल्याइएको ६९ बोरा रासायनिक (युरिया) मल बरामद भएको प्रहरीले जनाएको छ।
सो मल ४८ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको भनाई छ । मलसहित ट्रक र चालक चितवन टाँडी नगरपालिका १३ बस्ने ५६ वर्षीय सुनिल दरै र ट्रक धनी सोही ठाउँका ५३ वर्षीय गोविन्द भुजेललाई पनि पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
बरामद मल, ट्रक र पक्राउ परेका दरै र भुजेललाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण