फ्रेन्च महिला लिगमा सावित्रा भण्डारीको डेब्यु गोल
शनिबार, १९ फागुन २०८०, २२ : २३
काठमाडौँ । फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले डेब्यु गोल गरेकी हुन् ।
सावित्राले इए गुइगाम्पका लागि खेलिरहेकी छन् । सो क्रममा उनले लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल भने एन्टोनिए स्टारोभाले गरेकी थिइन् । स्टारोभाले ५२औं मिनेटमा गोल गरेकी थिइन् ।
सावित्राले युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण