रङ्गेलीको गीत 'घामले तारा'मा दयाहाङ र मिरुनाको प्रेम
काठमाडौँ। फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र रङ्गेलीको प्रेम भावयुक्त गीत सार्वजनिक भएको छ । 'घामले तारा' बोलको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरले प्रेम देखाइएको छ ।
ग्याङ्गस्टर श्रेणीको यस चलचित्रमा दया र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि प्रेमका कुरा समेत चलचित्रमा रहेको यस गीतबाट बुझ्न सकिन्छ । मिरुनाले यसमा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको खुलासा गरिसकेकी छन् । यस गीतबाट उनको पात्र चित्रणलाई लिएर थप कौतुहलता बढेको छ ।
गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर रहेको छ । यसमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको सङ्गीत रहेको छ । म्युजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपको विश्व प्रतिष्ठित 'बुढापेस्ट अर्केस्ट्रा'मा यस गीतको सङ्गीत रेकर्डिङ भएको हो । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत तयार पारेको हो ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण