प्रतिकुल मौसमका कारण गौरीगंगा गोल्डकपको मिति परिवर्तन
काठमाडौँ । कैलालीको गौरीगंगामा आयोजना हुने भनिएको चौथो गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । प्रतियोगिता फागुन १९ गतेदेखि सुरु हुने भनिएको थियो ।
तर, प्रतिकुल मौसमका कारण निर्धारित समयमा प्रतियोगिता सुरु हुन नसकेपछि मिति परिवर्तन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबले जनाएको छ । कैलालीमा लगातार वर्षा भएपछि उद्घाटन समारोहसहित प्रतियोगिता तीन दिन पछि सारिएको हो ।
अब प्रतियोगिता फागनु २२ देखि चैत १ गतेसम्म आयोजना गरिने जानकारी आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले दिए । प्रतियोगिता तीन दिन पछाडी सरेपनि खेल तालिका भने यथावत राखिएको छ ।
यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबबिच हुनेछ । प्रतियोगिता गौरीगंगाको लिक्मा खेल मैदानमा सञ्चालन हुनेछ ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । यस वर्षको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट विधाका खेलाडीले जनही १५ हजार र हरेक खेलको म्यान अफ दि म्याच हुनेले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण