स्थानीय सवाल: कसरी सेवा दिइरहेको छ काठमाडौँ महानगरपालिका वडा नं. २ ?
काठमाडौँ । रातोपाटीको नियमित स्तम्भ स्थानीय सवाल अन्तर्गत आजको शृङ्खलामा हामी काठमाडौँ वडा नं. २ मा पुगेका छौँ । स्थानीय तहले प्रवाह गरिरहेका सेवा, सेवाग्राहीका प्रतिक्रिया, गुनासा र प्रतिक्रियाका आधारमा कर्मचारी र जनप्रतिनिधिलाई जिम्मेवार बनाउने प्रयास कार्यक्रम ‘स्थानीय सवाल’ले गरिरहेको छ ।
यस शृङ्खलामा हामीले लाजिम्पाटस्थित काठमाडौँ वडा नं. २ को कार्यालय पुगेर त्यहाँका स्थानीयका गुनासाहरू समेटेका छौँ । विशेष गरेर विकास निर्माणका विषयमा असन्तुष्ट स्थानीयले वडा नं. २ मा रहेको सडकका विषयमा गुनासो पोखेका छन् भने जनप्रतिनिधिले निर्वाचनका समयमा गरेका बाचा बिर्सँदै गएको आरोप समेत उनीहरूले लगाएका छन् ।
वडा बाट हुने गरेका सार्वजनिक सेवाका बारेमा सेवाग्राही सन्तुष्ट रहे पनि त्यहाँ तिर्नु पर्ने शुल्क, नाता प्रमाणितसम्बन्धी नियमलगायतका विषयमा उनीहरू असन्तुष्ट देखिए भने डिजिटल प्रविधिको प्रयोगमा हुन सर्भर डाउनका कारण पनि सेवाग्राही मारमा रहेको पाइयो । यी असन्तुष्टि र प्रश्नहरूको जवाफ हामीले काठमाडौँ वडा नं. २ का वडाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र वडा सचिव सानुबाबु केसीसँग मागेका छौँ । हेरौँ यो भिडियो सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण