शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न सकेन : ओली

आइतबार, २० फागुन २०८०, १६ : ५८
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् । आइतवार संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको सरकार रहेको बताए ।

उनले अर्थमन्त्री डा.प्रकाशशरण महतमा अर्थमन्त्रीले नियम कानून, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको बताए । उनले देशको अर्थतन्त्र ओरालो लगाएको अराोप लगाउँदै अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्याउन खोजेको बताए । 

‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानून, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ । त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ’ ओलीले भने, ‘अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने सुनेको, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ? अचम्म लाग्छ । देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार बन्न र चल्नै नहुने सरकार रहेको बताए । उनले सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएको बताए । उनले नेकपा एमाले आइपरे सत्तामा जाने पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप