काठमाडौँमा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
_MRlS2h2g8P.jpg)
काठमाडौँ । काठमाडौँका दुई ठाउँँमा आज भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे चोक डेरा गरी बस्ने ४३ वर्षीय सुजन गुरुङ आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबिच, पछिल्लो २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न भागमा भएका घटनामा १० जनाको मृत्यु भएको छ । पाँचजना मृत फेला परेका र पाँचजनाको दुर्घटनामा परी ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी, ललितपुर महानरपालिका–४ एकान्तकुनास्थित खनाल पोल्ट्रीबाट नगद रु चार लाख र एक थान मोबाइल आज चोरी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार