जाम जाम इलेक्ट्रोनिक्स नामको पेज बनाएर ठगेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मा पेज बनाएर महङ्गो ग्याजेट बेच्ने नाममा ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जाम जाम इलेक्ट्रोनिक्स नामको पेज बनाएर आरोपीहरुले ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
फेसबुक पेजको दुरुपयोग गरेर ठगेको आरोपमा पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका–४ घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया घर भएका २२ वर्षीय रामसेवक राम र वीरगञ्ज घर भएका २४ वर्षीय आकाश शाह सोनार छन् ।
आरोपीहरुले जाम जाम इलेक्ट्रोनिक्स नामको पेजमा ‘आइफोन बिक्रीमा’ भन्ने सूचना राखेर च्याटमार्फत कुरा गरेर प्रलोभन देखाउँदै रकम पठाउन लगाएर ठग्ने गरेका हुन् । उनीहरुले अमेरिका लगायतका देशबाट पार्सलमा गहना र महङ्गो जुत्ता पठाएका छौं भन्दै भन्सार सुल्क र डेलिभरी चार्ज बापत भनेर रकम असुल्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आरोपीहरुले अहिलेसम्म ४९ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण