भारतमा ह्वाट्सएपका ६७ लाखभन्दा बढी खाता निषेध

नयाँ दिल्ली । इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपका भारतमा ६७ लाख भन्दा धेरै खाता निषेधमा परेका छन् । सन् २०२४ को जनवरी १ देखि जनवरी ३१ को बिचमा ६७ हजार २८ लाख एकाउन्ट प्रतिबन्धमा परेका हुन् । यसमध्ये १३ लाख ५८ हजार खातामा कुनै गुनासो आउनु अघि नै रोक लगाइएको थियो । यसको जानकारी ह्वाट्सएपले आफ्नो मासिक अनुपालना रिपोर्टमा दिएको हो ।
भारतमा ह्वाट्सएपका करीब ५६ करोड युजर छन् । ह्वाट्स एपले जनवरीमा १४ हजार ८२८ एकाउन्टमा गुनासो प्राप्त गरेको थियो । ह्वाट्सएपले हरेक महिना यो रिपोर्ट जारी गर्छ । सन् २०२३ को डिसेम्बरमा भारतमा ६९ लाख एकाउन्ट निषेधमा परेका थिए ।
किन लाग्छ प्रतिबन्ध ?
एपको प्राइभेसी र नीति उल्लङ्घन गर्ने एकाउन्टहरूलाई ह्वाट्सएपले निषेध गर्ने गरेको छ । कुनै एकाउन्टबाट कसैलाई आपत्तिजनक म्यासेज गएको छ वा स्पाम म्यासेज भइरहेको छ भने त्यस्ता एकाउन्ट निषेधमा पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा