भारतमा ह्वाट्सएपका ६७ लाखभन्दा बढी खाता निषेध
नयाँ दिल्ली । इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपका भारतमा ६७ लाख भन्दा धेरै खाता निषेधमा परेका छन् । सन् २०२४ को जनवरी १ देखि जनवरी ३१ को बिचमा ६७ हजार २८ लाख एकाउन्ट प्रतिबन्धमा परेका हुन् । यसमध्ये १३ लाख ५८ हजार खातामा कुनै गुनासो आउनु अघि नै रोक लगाइएको थियो । यसको जानकारी ह्वाट्सएपले आफ्नो मासिक अनुपालना रिपोर्टमा दिएको हो ।
भारतमा ह्वाट्सएपका करीब ५६ करोड युजर छन् । ह्वाट्स एपले जनवरीमा १४ हजार ८२८ एकाउन्टमा गुनासो प्राप्त गरेको थियो । ह्वाट्सएपले हरेक महिना यो रिपोर्ट जारी गर्छ । सन् २०२३ को डिसेम्बरमा भारतमा ६९ लाख एकाउन्ट निषेधमा परेका थिए ।
किन लाग्छ प्रतिबन्ध ?
एपको प्राइभेसी र नीति उल्लङ्घन गर्ने एकाउन्टहरूलाई ह्वाट्सएपले निषेध गर्ने गरेको छ । कुनै एकाउन्टबाट कसैलाई आपत्तिजनक म्यासेज गएको छ वा स्पाम म्यासेज भइरहेको छ भने त्यस्ता एकाउन्ट निषेधमा पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण