शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको मुद्दाबारे भर्चुअल बहस

सोमबार, २१ फागुन २०८०, २१ : ५८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । ११४ अन्तर्राष्ट्रियता महिला श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा महिलाको मुद्दाबारे बहस भएको छ ।  अष्ट्रियास्थित परोपकारी सामाजिक संस्था बिएन फाउन्डेसन लगायतको आयोजनामा भएको भर्चुअल कार्यक्रममा महिलाको मुद्दाबारे बहस भएको हो । 

सो क्रममा पूर्वरराष्ट्रमन्त्री  डा विमला राई  पौड्यालले  महिला सशक्तीकरण मुद्दा र चुनौतीहरूको विश्वव्यापी आयामको बारेमा आफ्नो धारणा राखिन् । 

त्यस्तै  काठमाडौँ २ प्रतिनिधि सभा सदस्य सोबिता गौतमले राजनीति र संसदमा नेपाली महिलाहरू अवस्था र महिला मुद्दाहरूलाई हेरिने दृष्टिकोणबारे  आफ्नो धारणा राखिन् । 

यस्तै स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले युरोपमा नेपालीहरूले विभिन्न समस्या भाेगिरहेको भन्दै महिला राजदूतको अनुभव र राजदूतावासले ती समस्या समाधानको लागि गरेका पहलहरूबारे  प्रकाश पारिन् । 

यस्तै  वरिष्ठ पत्रकार तथा लेखक बबिता बस्नेतले पेसाकर्मी महिलाहरूले भोग्ने समस्या र समाधानको बारेमा बोलिन्।  

नेपालमा मानव अधिकारको अवस्था, घरेलु हिंसाबाट पीडित महिलाका समस्या र महिला अधिकारमा नेपाली महिलाहरूले हासिल गरेको उपलब्धिको बारेमा नेपाल मानव अधिकार आयोगका पूर्व प्रवक्ता तथा सदस्य गौरी प्रधानले प्रकाश पार्दा  नेपाली सञ्चार माध्यमहरू उठाएका महिला मुद्दाका विषयबारे पनि छलफल भएको थियो । 

पत्रकार मात्रिका पौडेलले नेपाली सञ्चार माध्यमहरू उठाएका महिला मुद्दाका विषयमा आफ्नो धारणा राखेका थिए । 

यस्तै प्रवासमा नेपाली महिलाहरूको  अवस्था के कस्तो छ भन्ने बारेमा  गैर आवासीय नेपाली संघकी  निवर्तमान  उपाध्यक्ष यसमिन बेगम सैयदले आफ्नो धारणा राखेकी थिइन् । 

 बाबा राजेश्वरी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीलगायतले शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप