नागरिक उन्मुक्ति पार्टीले बोलायो आकस्मिक बैठक
मङ्गलबार, २२ फागुन २०८०, ०७ : ५०
धनगढी । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ ।बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न नाउपाले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको हो ।
पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौ । यसमा एकल निर्णय हुँदैन । पार्टीको हितमा भए सरकारमा जान्छौ । नभए बाहिर बस्छौ ।'
बैठक बिहान १० बजे बस्ने बताइएको छ । काठमाडाैँमा बस्ने बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण