ओमोडा इ फाइभको वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ परीक्षण
काठमाडौँ । विद्युतीय मोटर, विद्युतीय गाडीको मुटु हो । यस्ता गाडीका निम्ति विद्युतीय सुरक्षा नै साँचो अर्थमा सुरक्षा हो । हालै, ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभले ब्याट्री सम्बन्धि दुई वटा महत्वपूर्ण परीक्षण सम्पन्न गरेको छ । जसअनुसार गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिङ परीक्षण गरिएको हो ।
पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा, ओमोडा इ फाइभले गाडीको अगाडीको ग्रिल सम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो ।
यस्तै अण्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरीएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरीएको कम्पनीले जनाएको छ ।
यस परीक्षणमा ओमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षती नपुगेको कम्पनीले जनाएको छ । ‘जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षती पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ’, कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण