सुदूरपश्चिममा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा
मङ्गलबार, २२ फागुन २०८०, १५ : ३२

धनगढी । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा रहेको छ ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको समाजवादीले बदलिएको नयाँ राजनीतिक समीकरणपछि सुदूरपश्चिममा अझै ठोस निर्णय गर्न नसकेको हो ।
मंगलबार बसेको समाजवादीको संसदीय दलको बैठकले केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने निर्णय गरेको संसदीय दलको सचिवालयले बतायो ।
योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा समाजवादीको तर्फबाट आर्थिक मामिला मन्त्री बनेका नरेश बहादुर शाही अझै यथावत् रहेका हुन् ।
यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका ३ मन्त्रीलाई यसअघि नै बर्खास्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?