सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै आएको छः  लिङ्देन

बुधबार, २३ फागुन २०८०, १३ : ५९
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै गएको बताएका छन् । 

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन् भन्दा झन् आफूहरूको लागि अनुकूल बन्दै आएको बताए । उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए । अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने लिङ्देनले बताए । 

‘आन्दोलन सुरुवात गरेर यहाँ आई पुग्दासम्म परिस्थिति झन् भन्दा झन् हाम्रो लागि अनुकूल बन्दै आएको छ । आन्दोलनका लागि ठिक वातावरण बनेको छ ,’, उनले भने । 

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्ने कुरा जनतालाई लागेको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरूले प्रमाणित गरिदिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप