मन्त्रिपरिषद् पुनर्गठन
वर्षमानले सम्हाले अर्थ मन्त्रालयको कमाण्ड
बुधबार, २३ फागुन २०८०, २० : ४०
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनलाई अर्थ मन्त्रालयमा सचिवसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।
मन्त्री पुनले सबै उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न कुनै पनि कसर नछाड्ने बताएका छन् । केही दिन बुझेर अर्थतन्त्रको खास सुधारमा लाग्ने उनले बताए । अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो रहेको बताउँदै उनले आन्तरिक क्षेत्र सुधार गर्नुपर्ने भएकाले त्यसका लागि आफूले हदैसम्मको पहल गर्ने बताए ।
यस्तै उनले सबै क्षेत्रको मनोबल बढाउने गरी आर्थिक क्षेत्र सुधार गर्न सकारात्मक पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण