बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

वर्षमानले सम्हाले अर्थ मन्त्रालयको कमाण्ड

बुधबार, २३ फागुन २०८०, २० : ४०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

उनलाई अर्थ मन्त्रालयमा सचिवसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

मन्त्री पुनले सबै उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न कुनै पनि कसर नछाड्ने बताएका छन् । केही दिन बुझेर अर्थतन्त्रको खास सुधारमा लाग्ने उनले बताए । अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो रहेको बताउँदै उनले आन्तरिक क्षेत्र सुधार गर्नुपर्ने भएकाले त्यसका लागि आफूले हदैसम्मको पहल गर्ने बताए ।  

यस्तै उनले सबै क्षेत्रको मनोबल बढाउने गरी आर्थिक क्षेत्र सुधार गर्न सकारात्मक पहल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप