नारायणकाजीको यो निर्णयलाई निरन्तरता दिने गृहमन्त्री लामिछानेको निर्णय

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले निवर्तमान गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठको एउटा निर्णयलाई निरन्तरता दिने पहिलो निर्णय गरेका छन् । देशभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने भनि यसअघि श्रेष्ठले गरेको निर्णयलाई आफूले निरन्तरता दिने गरी पहिलो निर्णय गरेको उपप्रधानमन्त्ती समेत रहेका लामिछानेले बताए ।
श्रेष्ठको निर्णयअनुसार गृहले गत फागुन १० मा सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको थियो । सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको विवरण संकलन गरेर पठाउन र सरकारको स्वामित्वमा भएको जग्गा गलत तरिकाले हडप्नेलाई कारबाही प्रक्रिया अघि बढाउनका मन्त्रालयले पत्राचार गरेको थियो ।
सरकारको स्वामित्वमा भएका र सरकारको स्वीकृतिले सार्वजनिक संस्थालाई उपयोग गर्ने गरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर छन् । त्यस्ता जग्गा अतिक्रमण र कब्जा भएको भन्दै जग्गा फिर्ता ल्याउने कामलाई गृहले प्राथमिकतामा राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग