नारायणकाजीको यो निर्णयलाई निरन्तरता दिने गृहमन्त्री लामिछानेको निर्णय
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले निवर्तमान गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठको एउटा निर्णयलाई निरन्तरता दिने पहिलो निर्णय गरेका छन् । देशभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने भनि यसअघि श्रेष्ठले गरेको निर्णयलाई आफूले निरन्तरता दिने गरी पहिलो निर्णय गरेको उपप्रधानमन्त्ती समेत रहेका लामिछानेले बताए ।
श्रेष्ठको निर्णयअनुसार गृहले गत फागुन १० मा सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको थियो । सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको विवरण संकलन गरेर पठाउन र सरकारको स्वामित्वमा भएको जग्गा गलत तरिकाले हडप्नेलाई कारबाही प्रक्रिया अघि बढाउनका मन्त्रालयले पत्राचार गरेको थियो ।
सरकारको स्वामित्वमा भएका र सरकारको स्वीकृतिले सार्वजनिक संस्थालाई उपयोग गर्ने गरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर छन् । त्यस्ता जग्गा अतिक्रमण र कब्जा भएको भन्दै जग्गा फिर्ता ल्याउने कामलाई गृहले प्राथमिकतामा राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण