मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सङ्कटमा नभएर मन्दीमा छ, व्यवसायी र जनताको आत्मबल जगाउने काम गर्छु : अर्थमन्त्री पुन

बुधबार, २३ फागुन २०८०, २१ : ४४
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आम सर्वसाधारण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै पुनले मुलुकको वर्तमान अर्थतन्त्र सङ्कटमा नभएर मन्दीमा रहेको दाबी गरेका हुन् । 

उनले अर्थतन्त्रमा रहेका चुनौतीहरूलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताए । उनले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने बताए । 

‘अर्थतन्त्रमा सङ्कट नै होइन । मन्दीमा पुगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरू छन् । चुनौतीहरूलाई प्रधानमन्त्रीले मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोबल उठाएर आशा जगाउने गरी काम गर्छु । मेरो प्रतिबद्धता पनि हो । सजिलो छैन,’ उनले भने ।

उनले सन् २००८मा विश्व व्यापी आर्थिक सङ्कट लगतै २०११ मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हाल्दा पनि त्यो बेलाको सङ्कट समाधान गरेको भन्दै अहिलेको समस्या पति समाधान गर्न सक्ने अवस्थामा रहेको बताए । उनले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने सुनाए । उहाँले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरू रहेको भन्दै प्राथमिकताका साथ समाधान गर्ने बताए । 

उनले भने, ‘सबै आम नागरिक,उद्योगी,व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु । आशा जगाउन सक्छौं । अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरू छन् । त्यसलाई हल गर्न सक्छौं । समस्याहरु कहाँ छन् थाहा भएकाले मेरो प्रयास अन्य मन्त्रालयहरुको सहकार्यमा समस्याहरु हल गर्न सकिन्छ । आशा जगाउन सकिन्छ । सबै क्षेत्र नराम्रो छैन । सार्वजनिक क्षेत्रमा केही समस्या छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छु । राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’ उनले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आज देखिने लाग्ने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप