खेलकुद मन्त्री श्रेष्ठले सम्हाले पदभार
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेका छन् । बुधवार युवा तथा खेलकुद मन्त्रालउ पुगेर मन्त्री श्रेष्ठले पदभार सम्हालेका हुन् ।
त्यसअघि उनले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका थिए ।
मन्त्री श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन सक्दो प्रयास गर्ने बताए ।
उनले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण