शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

दुई मन्त्री पाएको एकीकृत समाजवादीले एक राज्यमन्त्री पाउने

बुधबार, २३ फागुन २०८०, २१ : ५५
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । मन्त्रिमण्डल विस्तारको अन्तिम समयमा नयाँ गठबन्धनमार्फत सरकारमा गएको नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीबाहेक एक राज्यमन्त्री पाउने भएको छ ।  एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । 

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको सहमति अनुसार सो पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेगरी सहमति भएको नेता प्रमेश हमालले जानकारी दिए । २५ सदस्यीय मन्त्रीमण्डलमा चार जना राज्यमन्त्री बनाउन मिल्ने भएपनि अहिलेसम्म राज्यमन्त्रीहरु नियुक्त भएका छैनन् ।

‘हामीले सरकारमा जान केही शर्तहरु राखेका थियौ । ती सर्त भनेका जनताका कामसँगै सम्बन्धित छन् । ती शर्तहरु नीति तथा कार्यक्रममा समेट्ने सहमतिपछि हामी सरकारमा गएका हौं,’ उनले भने, ‘तत्काललाई २ मन्त्री र एक राज्यमन्त्री हाम्रो भागमा परेको छ ।’

यसअघि एकीकृत समाजवादीले तीन मन्त्री, एक वर्ष प्रधानमन्त्री र एक स्थानमा मुख्यमन्त्री दावी गर्ने जनाएको थियो । तर हमालले बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री र मुख्यमन्त्रीबारे विषय प्रवेश नै नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप