दुई मन्त्री पाएको एकीकृत समाजवादीले एक राज्यमन्त्री पाउने
काठमाडौँ । मन्त्रिमण्डल विस्तारको अन्तिम समयमा नयाँ गठबन्धनमार्फत सरकारमा गएको नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीबाहेक एक राज्यमन्त्री पाउने भएको छ । एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको सहमति अनुसार सो पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेगरी सहमति भएको नेता प्रमेश हमालले जानकारी दिए । २५ सदस्यीय मन्त्रीमण्डलमा चार जना राज्यमन्त्री बनाउन मिल्ने भएपनि अहिलेसम्म राज्यमन्त्रीहरु नियुक्त भएका छैनन् ।
‘हामीले सरकारमा जान केही शर्तहरु राखेका थियौ । ती सर्त भनेका जनताका कामसँगै सम्बन्धित छन् । ती शर्तहरु नीति तथा कार्यक्रममा समेट्ने सहमतिपछि हामी सरकारमा गएका हौं,’ उनले भने, ‘तत्काललाई २ मन्त्री र एक राज्यमन्त्री हाम्रो भागमा परेको छ ।’
यसअघि एकीकृत समाजवादीले तीन मन्त्री, एक वर्ष प्रधानमन्त्री र एक स्थानमा मुख्यमन्त्री दावी गर्ने जनाएको थियो । तर हमालले बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री र मुख्यमन्त्रीबारे विषय प्रवेश नै नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण