रौतहटमा प्रतिबन्धित औषधिसहित एक पुरुष पक्राउ
बिहीबार, २४ फागुन २०८०, १२ : १७
रौतहट । रौतहटमा प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले बुधवार राति विभिन्न प्रकारका प्रतिबन्धित औषधि सहित एक पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ५० वर्षीय रामप्रवेश साह कलवार रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । कलवारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको श्रेष्ठले जानकारी दिए।
उनको साथबाट भारतमा निर्मित नेपालमा प्रतिबन्धित २२ प्रकारको औषधि र एउटा मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।
बरामद औषधीसहित आजै कलवारलाई औषधि व्यवस्था विभाग वीरगन्ज पठाइने समेत डिएसपी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण