बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा प्रतिबन्धित औषधिसहित एक पुरुष पक्राउ

बिहीबार, २४ फागुन २०८०, १२ : १७
बिहीबार, २४ फागुन २०८०

रौतहट । रौतहटमा प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले बुधवार राति विभिन्न प्रकारका प्रतिबन्धित औषधि सहित एक पुरुषलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ५० वर्षीय रामप्रवेश साह कलवार रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।  कलवारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको श्रेष्ठले जानकारी दिए।

उनको साथबाट भारतमा निर्मित नेपालमा प्रतिबन्धित २२ प्रकारको औषधि र एउटा मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।

 बरामद औषधीसहित आजै कलवारलाई औषधि व्यवस्था विभाग वीरगन्ज पठाइने समेत डिएसपी खनालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप