बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

बिहीबार, २४ फागुन २०८०, १२ : २१
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् । 

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ । राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप