प्रधान सेनापतिसँग यूथ एक्सचेन्ज प्रोग्राममा सहभागीहरूको भेट
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेका भारत, पाकिस्तान र माल्दिभ्सका नेसनल क्याडेट कर्पस् (एनसीसी) का प्रतिनिधिमण्डलहरूले शिष्टाचार भेटघाट गरेका छन् । संयुक्त रूपमा भएको भेटघाटका अवसरमा भ्रमण दलका सदस्यहरूले यूथ एक्सचेन्ज प्रोग्रामका दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गरेका थिए ।
महाशिवरात्रि एवं नेपाली सेना दिवसको अवसर पारेर आयोजित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन नेपाल आएका मुलुकहरूका साथै भुटान र श्रीलङ्काका एनसीसी क्याडेटहरू विभिन्न गतिविधिहरूमा सहभागी हुनेछन् । वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल विभिन्न देशहरूमा सञ्चालित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुँदै आएको छ ।
यस्तै वि.सं.२०५६ सालबाट नेपालमै यूथ एक्सचेन्ज प्रोग्राम आयोजना गर्न थालिएको छ । यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।
यसपटक नेपाल भ्रमणमा आएका विभिन्न देशका क्याडेटहरूले काठमाडौँ उपत्यका लगायत नेपालको पर्यटकीय एवं धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देल उपस्थित थिए । त्यसैगरी रथी, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी देशहरूका छात्र छात्राहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण