म्याथ्यु वेडले आईपीएलको पहिलो खेल गुमाउने
शुक्रबार, २५ फागुन २०८०, १० : २२
काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर म्याथ्यु वेडले इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुआती खेल गुमाउने भएका छन् । ३६ वर्षीय वेड आईपीएलमा गुजरात टाइटन्सबाट खेल्छन् ।
तास्मानियाबाट सेफिल्ड शिल्डको फाइनल खेल्नु पर्ने भएकाले उनले आईपीएलको पहिलो खेल गुमाउने भएका हुन् । आगामी आईपीएलमा गुजरातले आफ्नो पहिलो खेल मार्च २५ तारिखमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
दोस्रो खेलमा भने वेड टोलीमा उपस्थित हुनेछन् । गुजरातले आफ्नो दोस्रो खेल मार्च २७ तारिखमा चेन्नई सुपर किङ्ससँग खेल्ने कार्यक्रम छ ।
‘पहिलो खेलमा अनुपस्थित हुने विषयमा वेडले गुजरातलाई जानकारी गराइसकेका छन् । क्लबले पनि उनलाई सेफिल्ड शिल्ड खेल्ने अनुमति दिएको छ,’ तास्मानियाका प्रमुख प्रशिक्षक जेफ भनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण