म्याथ्यु वेडले आईपीएलको पहिलो खेल गुमाउने
शुक्रबार, २५ फागुन २०८०, १० : २२

काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर म्याथ्यु वेडले इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुआती खेल गुमाउने भएका छन् । ३६ वर्षीय वेड आईपीएलमा गुजरात टाइटन्सबाट खेल्छन् ।
तास्मानियाबाट सेफिल्ड शिल्डको फाइनल खेल्नु पर्ने भएकाले उनले आईपीएलको पहिलो खेल गुमाउने भएका हुन् । आगामी आईपीएलमा गुजरातले आफ्नो पहिलो खेल मार्च २५ तारिखमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
दोस्रो खेलमा भने वेड टोलीमा उपस्थित हुनेछन् । गुजरातले आफ्नो दोस्रो खेल मार्च २७ तारिखमा चेन्नई सुपर किङ्ससँग खेल्ने कार्यक्रम छ ।
‘पहिलो खेलमा अनुपस्थित हुने विषयमा वेडले गुजरातलाई जानकारी गराइसकेका छन् । क्लबले पनि उनलाई सेफिल्ड शिल्ड खेल्ने अनुमति दिएको छ,’ तास्मानियाका प्रमुख प्रशिक्षक जेफ भनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने