गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : महतो
जनकपुर । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गरे नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् । जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे ।
उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए । उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताए ।
उनले भने, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ’ अगाडी भने– ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यक्ता छ ।’
फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण