शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : महतो

शनिबार, २६ फागुन २०८०, १५ : २९
शनिबार, २६ फागुन २०८०

जनकपुर । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गरे नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् । जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए । उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताए ।

उनले भने, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ’ अगाडी भने– ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यक्ता छ ।’

फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप