शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता,  अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट फोगाट पनि सहभागी

शनिबार, २६ फागुन २०८०, १८ : ०५
शनिबार, २६ फागुन २०८०

रौतहट। भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । मधानी महायज्ञको अवसरमा आयोजित उक्त  प्रतियोगिताको अध्यक्षता नगर प्रमुख रीना कुमारी साहले गरेकी थिइन् भने नेपाल र भारतका लोकप्रिय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

 पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सङ्कल्पका साथ मौलापुर नगरपालिकाले मधानी महोत्सव आयोजना गरेको हो । कार्यक्रमका दौरानमा बलिउड अभिनेता गोबिन्दा र नेपाली कलाकारले पनि माहौल तताएका थिए। 

 हिन्दी फिल्म ‘दंगल’ की वास्तविक खेलाड़ी बबिताको आगमनले मधानी महायज्ञ र मन्दिरको प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने संघीय सांसद प्रभु साहले विश्वास व्यक्त गरे । 

यसैबीच बबिता फोगाटले मौलापुरस्थित पुरातात्त्विक महादेव मन्दिरमा विशेष पूजा गरेकी छिन्। पूजा पश्चात खेलाडी फोगाटले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाशिवरात्रिको अवसरमा पुरातात्त्विक महादेव मन्दिरमा दर्शन पाउनु आफ्नो सौभाग्य भएको बताइन् । 

PXL_20240309_093248191.MP

विगतमा मौलापुर क्षेत्रमा बोटो, शिक्षा, स्वास्थ जस्ता आधारभूत आवश्यकता शून्य रहेको तर नगरपालिका स्थापित भएपछि सम्पूर्ण सुबिधा सहज भएको आफूले पाएको भन्दै उनले मेयर साहको भूमिकाको सराहना गरिन्।

मौलापुर नगरपालिकाले मधानी महोत्सवको अवसरमा प्रत्येक बर्ष अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गर्दै आएको छ।

यस पटकको प्रतियोगितामा नेपाल र भारतका तीन दर्जन बढी प्रख्यात खेलाडीको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । 

पाँच दिवसीय महोत्सवको चौथो दिन भने शुक्रवार बलिउड अभिनेता गोविन्दा आहुजा, नेपाली नायक पल साह लगायत दर्जनौँ कलाकारहरूले आआफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गोविन्दा, पल शाह लगायत कलाकारलाई सम्मानित गरेका थिए।

 मौलापुर नगरपालिकाले २०७६ सालदेखि मधानी महोत्सवको आयोजना गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप