मन्त्रिपरिषद् पुनर्गठन
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री
आइतबार, २७ फागुन २०८०, १५ : ५४

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको समीकरणअनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका हुन् ।
एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् । जसअनुसार महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, श्रेष्ठलाई परराष्ट्र, रविलाई गृह र यादलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको जिम्मेवारी दिइएको छ ।
यादवले आइतबार मात्रै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उपप्रधानमन्त्रीमा सबैभन्दा शीर्ष वरियता महासेठको रहेको छ । नयाँ समीकरण बनाउनुअघि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्मा दुई जनामात्रै उपप्रधानमन्त्री थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत