सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ : महामन्त्री थापा

आइतबार, २७ फागुन २०८०, १६ : ५३
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुनुपर्ने डरमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । 

थापाले प्रधानमन्त्रीको कुर्सी बन्नु भन्दा पहिलादेखि नै हल्लिएको समेत बताए । उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गर्दै उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए । 

उनले भने, ‘अहिले बनेको प्रधानमन्त्रीको बन्नुभन्दा पहिलादेखि कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले । त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो ।’

थापाले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरे । उनले राजनीति विकृत बनाएका कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको समेत उनले बताए ।

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप