माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए ।
पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल २०८४ मा सकिँदैछ ।
उता नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यही फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । संघीय संसद सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २८ गते प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नरेन्द्र मोदीले खोले डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’मा खाता
-
चर्चित विद्यालयका प्रमुखसँग शिक्षामन्त्रीको छलफल, भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना