नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद
काठमाडौँ । प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहोराले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।
सुराकको आधारमा सोमबार बसपार्कस्थित होटलबाट ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ सहित सन्तोष दङ्गेली पक्राउ परेका हुन् । प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद भएको एसपी बोहोराले बताए ।
त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट प्रहरीले ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण