सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतेश्वर गाउँपालिका–७ मार्बुमा नेपाल रेडक्रस सोसाइटीको उपशाखा

सोमबार, २८ फागुन २०८०, १८ : १३
सोमबार, २८ फागुन २०८०

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका– ७ मार्बुमा नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा तदर्थ समिति गठन भएको छ । आइतबार वडा कार्यालयमा आयोजित भेलाले जीवन शर्मा रिमालको सभापतित्वमा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटी (मार्बु) उपशाखा तदर्थ समिति गठन गरेको हो । 

22

तदर्थ समितिको उपसभापतिमा पम्फी भुजेल, सचिव यज्ञराज चौंलागाईं, सहसचिव दुर्गाबहादुर खड्का, कोषाध्यक्ष शिवप्रसाद रिमाल, सह कोषाध्यक्ष गोपाल सार्की चयन भएका छन् । समितिको सदस्यहरुमा विजय चौलागाईं, कृष्ण भण्डारी र डिलकुमारी कँडेल चयन भएका छन् । 

11

नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको प्रमुख आतिथ्यता र उपसभापति रिता रिमालको विशेष आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिले आगामी दिनमा रेडक्रस सम्बद्ध विविध रचनात्मक कार्यक्रम तय गरी तत्काल गतिविधि सञ्चालन गर्ने निर्णय समेत भेलाले गरेको छ ।  भेला वडाध्यक्ष मीनकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप