बैतेश्वर गाउँपालिका–७ मार्बुमा नेपाल रेडक्रस सोसाइटीको उपशाखा
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका– ७ मार्बुमा नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा तदर्थ समिति गठन भएको छ । आइतबार वडा कार्यालयमा आयोजित भेलाले जीवन शर्मा रिमालको सभापतित्वमा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटी (मार्बु) उपशाखा तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको उपसभापतिमा पम्फी भुजेल, सचिव यज्ञराज चौंलागाईं, सहसचिव दुर्गाबहादुर खड्का, कोषाध्यक्ष शिवप्रसाद रिमाल, सह कोषाध्यक्ष गोपाल सार्की चयन भएका छन् । समितिको सदस्यहरुमा विजय चौलागाईं, कृष्ण भण्डारी र डिलकुमारी कँडेल चयन भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको प्रमुख आतिथ्यता र उपसभापति रिता रिमालको विशेष आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिले आगामी दिनमा रेडक्रस सम्बद्ध विविध रचनात्मक कार्यक्रम तय गरी तत्काल गतिविधि सञ्चालन गर्ने निर्णय समेत भेलाले गरेको छ । भेला वडाध्यक्ष मीनकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण